साफ जिते खेलाडीलाई जनही पाँच लाख दिने एन्फाको घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप जिते नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरुलाई जनही पाँच लाख दिने घोषणा गरेको छ ।

आइतबार बंगलादेश जाने फुटबल टोलीको बिदाई कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सो घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले भने, “म खेलाडीहरुलाई जितको शुभकामना दिन चाहन्छु । उपाधि जित्ने हामीले आशा गरेका छौं । यदि टिमले स्वर्ण जिते एन्फाको तर्फबाट प्रत्येक खेलाडीलाई जनही पाँच प्रदान गरिनेछ ।”

साथै अध्यक्ष शेृर्पाले खेलाडीहरु अनुशासनमा बस्नुपर्ने बताउँदै खेलाडीहरुले आफ्नो तर्फबाट उत्कृष्ट खेल्दै देशलाई गौरवान्वित बनाउनुपर्ने बताए ।

साफ च्याम्पियनसिप यहि सेप्टेम्बर ४ तारीख (मंगलबार) देखि बंगलादेशमा शुरु हुँदैछ । नेपाल आयोजक बंगलादेश, पाकिस्तान र भुटानसँगै समूह ए मा रहेको छ । त्यस्तै साविक विजेता भारत, श्रीलंका र माल्दिभ्स समूह बी मा रहेका छन् ।