साफ जितेर देशलाई गर्व बनाउने छौं – निराजन खड्का

नेपाली राष्ट्रिय टोलीका सदस्य निराजन खड्काले बंगलादेशमा जारी साफ च्याम्पियनसिपको उपाधि जितेर देशको लागि गर्व महसुस गराउने चाहना भएको बताएका छन् ।

‘हामी खेलाडी, प्रशिक्षक अफिसियल सबैले आफ्नो ठाउबाट १०० प्रतिशत दिईरहेका छौं,’ निराजनले भने, ‘मलाई पूर्ण विश्वास छ । हामी मैदानमा गएर जति सक्छौ । रगत पसिना बगाएर देशलाई गर्व गराउने मौका दिनेछौं ।’

निराजनले नेपाली राष्ट्रिय टोलीमा साफबाट पुनरागमन गरेका हुन् । र, निराजनले जारी प्रतियोगितामा एक गोल समेत गरिसकेका छन् । उनले भुटानविरुद्ध ४ – ० को जितेमा एक गोल गरेका थिए ।