साफ च्याम्पियनसिप: विमलको उत्कृष्ट गोलमा नेपालको अग्रता

बंगलादेशको ढाकामा जारि साफ च्याम्पियन्शिपको समूह चरणको अन्तिम खेलमा नेपालले अग्रता लिएको छ।
नेपालका लागि बिमल घर्ति मगरले गोल गर्दै अग्रता दिलाएका हुन्। उनले प्रहार गरेको फ्रिकिक किपर सम्हालिन नसक्दा गोलमा परिणत भएको थियो ।

प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि नेपाललाई जितको खाचो छ भने अर्को चरणमा प्रवेश गर्न बंगलादेशलाई बराबरीनै प्रयाप्त हुने छ। आज भएको पहिलो खेलमा पाकिस्तानले भुटान माथि ३-० को जित हासिल गरेको थियो।