साफ च्याम्पियनसिप: बंगलादेशको लगातार दोस्रो जित

साफ च्याम्पियनसिप फुटबलमा आयोजक बंगलादेशले लगातार दोस्रो जित निकालेको छ । बिहिबार भएको दोस्रो खेलमा पाकिस्तानलाई १ – ० ले हराएर बंगलादेशले लगातार दोस्रो जित निकालेको हो ।

बंगबन्धु रंगशालामा बंगलादेशलाई जित दिलाउन खेलको ८५ औं मिनेटमा टपु बारम्यानले निर्णायक गोल गरे ।
जितसंगै बंगलादेश सेमिफाइनल नजिक पुगेको छ ।

बंगलादेशले २ खेलबाट ६ अंक जोडेको छ । पाकिस्तानको यो पहिलो हार हो । पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो । पाकिस्तानको ३ अंक छ ।

अब बंगलादेशले शनिबार नेपालसंग खेल्नेछ ।