साफ च्याम्पियनसिप: फाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत

माले, माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपालले भारतको सामना गर्ने भएको छ । माल्दिभ्सलाइ राउण्ड रोबिनको अन्तिम खेलमा भारतले जित हात पारे पछि फाइनल यात्रा तय गरेको हो ।

बुधबार राति भारतले माल्दिभ्सलाइ ३-१ गोल अन्तरले हराउदै फाइनलमा नेपालको भेट पक्का गरेको हो ।

भारतलाइ जित दिलाउन मनबिर सिंहले एक गोल गरे भने कप्तान सुनिल छेत्रीले दुइ गोल गरेका थिए । माल्दिभ्सका लागि एक गोल अलि अस्फाकले पेनाल्टी मार्फत गरेका थिए ।

भारतको साफ च्याम्पियनसिपमा बंगलादेश र श्रीलंकासंग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै, नेपाललाइ १-० गोलले हराएको भारत अन्तिम खेलमा माल्दिभ्सलाइ ३-१ गोलले हराउदै फाइनलको यात्रा पक्का गरेको हो ।

यस्तै, नेपालले सुरुवाति दुइ खेलमा जित हात परेको थियो । माल्दिभ्सलाइ १-० ले हराउदा श्रीलंकालाइ ३-२ ले हराएको थियो । तेश्रो खेलमा भारतसंग हार्न पुगेको नेपाल अन्तिम खेलमा बंगलादेशसंग १-१ को बराबरी नतिजा निकाल्दै फाइनल खेल खेल्दैछ ।

नेपाल साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गर्दै छ । नेपाल शनिबार राति भारतसंग उपाधिको लागि खेल्ने छ । खेल नेपाल समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।