साफ च्याम्पियनसिप: अनन्त बने आजको खेलमा ‘म्यान अफ दि म्याच’

साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालका अनन्त तामाङ म्यान अफ दि म्याच चुनिएका छन् । भुटानविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका अनन्त म्यान अफ दि म्याच चुनिएका हुन् ।
उनकै प्रेरणादायी प्रर्दशनमा नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।

सुरुवाती ११ मै रहेर खेलको सुरुवात गरेका अनन्तले नेपालकालागि पहिलो गोल गरेका थिए ।

उनले २१ औ मिनेटमा पहिलो गोल गरेका थिए । सुनिल वलले निकालेका क्रसमा उनले हेड गोल गरेका थिए ।
कप्तान विराज महर्जन सुरुवाती ११ मा नपरेपछि नेपालको डिफेन्सिभ लाईन अनन्तलेनै समालेका थिए ।