साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको घोषणा

बंगलादेशमा हुने प्रतिष्ठित साफ च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली सार्वजनिक गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र किरन श्रेष्ठले सोमबार अन्तिम नामावली घोषणा गरेका हुन् ।

यस्तो छ नेपाली राष्ट्रिय फुटबल टोली :
गोलकिपर्स : किरण कुमार लिम्बु, बिकेश कुथु, एलन न्यौपोन

डिफेन्डर्स : बिराज मर्हजन (कप्तान), दिनेश राजवंशी, देवेन्द्र तामाङ, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल

मिडफिल्डर्स : हेमन्त थापा मगर, हेमन गुरुङ, बिशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का

फरवार्डस् : भरत खवास, बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, अन्जन बिष्ट

यहि सेप्टेम्बर ४ देखि १५ तारीखसम्म बंगलादेशमा हुन गईरहेको साफ च्याम्पियनसितर्फ नेपाल आयोजक बंगलादेश, भुटान र पाकिस्तानसँगै समूह ए मा रहेको छ । त्यस्तै समूह बी तर्फ डिफेन्डिङ च्याम्पियन भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।