सान्चो युनाईटेडमा अनुबन्धित

एजेन्सी, जर्मन क्लब बोरुसिया डर्ट्मुण्डले जेडन सान्चो म्यान्चेस्टर युनाईटेडमा अनुबन्धित भएको पुष्टि गरेको छ। लामो समयको पर्खाइ पछि युनाईटेडले सान्चोलाई भित्र्याउन सफल भएको हो।

सान्चो युनाईटेडमा ८५ मिलियन युरोमा गएका हुन। यद्यपि, मेडिकल र फिफाले भने मान्यता दिन बाकी रहेको छ।

२१ बर्षिय विङ्गर वाटफोर्डको एकेडेमी हुँदै सिटिमा २०१५ मा गएका थिए। सिटिको पहिलो टोलिमा समावेश हुन नसके पछि डर्ट्मुण्ड तिर लागेका थिए।

उनले जर्मन क्लबमा छोटो समयमै प्रभावशाली प्रदशन गर्दै विङ्गरको स्थानलाइ आफ्नो बनाए। डर्ट्मुण्डमा १३७ खेल खेल्दा ५० गोल गरे।