सान्चोलाई भित्र्याउन नसकेको खण्डमा युनाइटेडको विकल्प यी खेलाडी

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडले यो ट्रान्सफर सिजन पनि जेडन सान्चो भित्र्याउन नसकेको खण्डमा बायन म्युनिखका खेलाडी किङ्स्ली कोमनलाई विकल्पको रुपमा लिएको बताइएको छ।

गत वर्ष युनाइटेडले बोरुसिया डोर्ट्मण्डले आफ्नो विङ्गर जेडन सान्चोका लागि तोकेको १२० मिलियन यिरोको मूल्य तिर्न अस्विकार गरे पछी सन्चोले युनाइटेडको जर्सी लगाउन पाएका थिएनन्। यो ट्रान्सफर सिजन भने डोर्टमण्डले सान्चोको मुल्य घटाएर ९५ मिलियन युरो पुर्याएता पनि रिपोर्टका अनुसार युनाइटेडले तत्काल डोर्ट्मण्डलाई ७० मिलियन युरो मात्र प्रस्ताव गरेको छ।
२४ वर्षका फ्रेन्च खेलाडी कोमन बायनमा २०२३ सम्म अनुबन्धित छन्। उनको मूल्य ५० मिलियन पाउन्ड भन्दा बढी रहेको मानिएको छ। गत सिजन उनले बायनका लागि ३९ खेलमा ८ गोल र १५ असिस्ट गर्न सफल भएका थिए।