सान्चोको खराव प्रदर्शनको दोष म्यान्चेस्टर युनाइटेड माथी

जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्ट्मुन्डका स्टार खेलाडी जोडान सान्चो यस् सिजन खासै उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन ।

डर्ट्मुन्डका मुख्य प्रशिक्षक फार्भरेका अनुसार ट्रान्सफर सिजनमा म्यान्चेस्टर युनाइटेडसंग उनको नाम जोडेको हुनाले प्रदर्शनमा केही गिरावट आएको हुनसक्छ भनेका छन् ।

“समरमा सान्चोले क्लब छोड्ने बारे निकै चर्चा रह्यो त्यसै कारण पनि उनको प्रदर्शनमा प्रभाव रहेको हुनसक्छ,” प्रशिक्षक फाभ्रेले बताए ।

समरमा म्यान्चेस्टर युनाइटेड र सान्चो बिच सम्झौता भएपनि दुई क्लब बिच सहमति नभएपछि उक्त ट्रान्सफर असफल रह्यो ।

उनले यस सिजन ६ खेलमा १ गोल र ३ असिस्ट गरेका छन् ।