सानो उमेरमै लाखौं कमाई सकेका सन्दीप लामिछाने भन्छन् ‘आम्दानी अनुसार खर्च बढ्दै छ’

नेपाली क्रिकेट संघ निलम्बनमा भएपनि नेपालको राष्ट्रिय क्रिकेट टिमले निरन्तर अन्तराष्ट्रिय क्रिकेट खेलिरहेको छ । त्यही अनुपातमा सफलता समेत हात पारेको छ । घरेलु क्रिकेटको संरचना नहुदाँ समेत खेलाडीले अन्तराष्ट्रिय एरिनामा आफुलाई प्रमाणित गर्दै आएका छन् ।

क्रिकेटको लोकप्रियतासंगै विभिन्न कर्पोरेट हाउस तथा वित्तिय संस्था योसंग जोडिन थालेका छन् । कुरा सन्दीप लामिछानेको हो । नेपाली खेलकुदका युथ आईकन हुन्, सन्दीप ।

नेपालबाट अन्तराष्ट्रिय क्रिकेट जगतमा आफुलाई अब्बल प्रमाणित गरेका उनले उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । व्यवसायीक क्रिकेटको आधुनिक रुप मानिने इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलबाट विश्वका विभिन्न व्यवसायीक लिगमा स्पिनको जादु देखाएका उनी अहिले नेपाली खेलकुदको ठुलो नाम बनेका छन् ।

सन्दीपको चर्चा जति बढ्दै छ, त्यही अनुसारमा कर्पोरेट हाउस उनीसंग सहकार्य गर्न लागिपरेका छन् । उनको चर्चामात्र बढेको छैन, आम्दानी समेत आकासिएको छ । तर, सन्दीप आम्दानी अनुसार खर्च बढ्दै जाने बताउछन् ।

‘जसको आम्दानी धेरै हुन्छ, त्यतिनै खर्च पनि बढ्छ । जुन स्वाभाविक हो । मेरो पनि त्यस्तै हुदैछ ।’ उनी भन्छन् । ‘आफुले गरेको आम्दानी जति छ, त्यो अनुसार प्रस्तुत पनि हुनपर्छ । जिम्मेवारी पनि त्यसरीनै बढेको छ ।’ सन्दीपले भने ।

भर्सटायल सन्दीपले भर्खरै मात्र गित समेत निकालेका छन् । ‘गित मेरोलागि नयाँ हो । तर नयाँ काम गर्दा अठौनो लागेपनि अनुभव राम्रो भयो ।’ उनी भन्छन् । उनले आगामी दिनमा समेत नयाँ गित आउन सक्ने बताए ।

सन्दीप हाल आईसीसी टी- ट्वान्टी विश्वकपको अन्तर्गत एसिया छनोट ‘बि’ का लागि बन्द प्रशिक्षणमा छन् ।

– खेलपाटी बाट