सादियो माने साइन गर्न बार्साले अरू क्लब भन्दा £८९ मिलियन बढी तिर्न पर्ने!

बार्सिलोनाले यस गर्मीमा सादियो मानेलाई साइन गर्न गर्न £२२५ मिलियन तिर्नुपर्नेछ, उक्त रकमले नेमारको हालको स्थानान्तरण विश्व कीर्तिमान तोड्ने छ।

लिभरपूलका स्टार फर्वार्डको नाम बार्सा र प्रतिद्वन्द्वीहरू रियल म्याड्रिड संग जोडिएको छ।

मानेलाई साइन गर्न रियलले भन्दा बार्सिलोनाले बढी तिर्नु पर्ने छ। मिररको अनुसार बार्सा संग रेडसको एक सम्झौता अनुसार बार्साले कुनै पनि लिभरपूलका खेलाडी साइन गर्न £८९ मिलियन बढी तिर्न पर्ने छन्। उक्त सम्झौता २०२१ सम्म मान्य हुने खबर छ।

सेनेगल स्टारको हाल मूल्य £१३५ मिलियन रहेको खबर छ त्यस्को मतलब बार्साले उनको लागि £२२५ मिलियन सम्म तिर्नुपर्नेछ, उक्त रकमले नेमारको हालको स्थानान्तरण विश्व कीर्तिमान तोड्ने छ जुन £१९८ मिलियन थियो।

लिभरपूल र बार्सिलोना बीच उक्त सम्झौता कौटिन्होको स्थानान्तरणको समय भएको खुलेको छ, २०१८मा बार्साले उनलाई £१४० मिलियनमा साइन गरेको थियो र उक्त सम्झौतामा २०२१ सम्म बार्साले अरु लिभरपूल खेलाडी साइन गर्न £८९ मिलियन बढी तिर्न पर्ने खण्ड रहेको खुलेको थियो।