“साथी हो भन्दैमा उ जहिले सहि हुदैन” – डेनी एल्व्स मेस्सीको वारे बोल्दै

ब्राजिलियन डिफेंडर एल्व्सले आफ्नो पुरानो टिममेत मेस्सीलाई उनको टिप्पणीको विरुद्धमा जवाफ दिएका छन्। मेस्सीले कोपा अमेरिकामा रेफरी र आयोजगको आलोचना गरेका थिए र भ्रष्टाचारको आरोप पनि लगाउंदै आएका छन्। सेमी फाइनलको खेलमा हार्दा उनले ब्राजिल बिरुद्ध जाइलागे र तेस्रो स्थानको खेलमा रातो कार्ड पाउदै मैदान बहिरेका मेस्सीले आफ्नो पदक समेत अस्विकार गरे र थप आलोचना गरे र उनको टिप्पणीलाई धेरैले समर्थन गरे भने धेरै ले उक्त टिप्पणीलाई विवादास्पद माने।


मेस्सीका पुर्व टिममेत डेनी एल्व्सले भने उनको विवादास्पद टिप्पणीको आलोचना गरेका छन्।

“साथी हो भन्दैमा उ जहिले सहि हुदैन, सायद उनले ति कुरा रिसको सुरमा भने तर पनि मा त्यो कुरामा सहमत छुइन” – एल्व्स

मेस्सीले ब्राजिल फुटबल एसोसिएसनको बेइज्जत गरे र साथै अरु खेलाडीहरु जसले यहाँ सम्म पुग्न धेरै मेहनत गरे ति खेलाडीहरुको पनि मेस्सीले बेइज्जत गरेका छन्, उनको भ्रष्टाचारको आरोप गलत छ उनि मेरो साथी हुन् तर साथी जहिले सहि हुदैन “