क्रिस्टियानो रोनाल्डो र उनको पत्नी जर्जिना रोड्रिग्जले सात वर्षका बालकको उपचारको लागि सहयोग गरेका छन्।
सात वर्षका थोमास २०१९ देखि दुर्लभ प्रकारको क्यान्सरबाट पीडित हुँदै आएका थिए र खबर अनुसार फुटबलका सुपरस्टार रोनाल्डोले उनको उपचारको लागि सहयोग गरेका छन्।
A Portuguese couple have thanked Cristiano Ronaldo and Georgina Rodriguez for supporting their 7-year-old son’s battle with cancer.
Tomas was first diagnosed with neuroblastoma in 2019, and is now on his way to Barcelona for treatment 🙏❤️ pic.twitter.com/jRp5IqeRBc
— ESPN FC (@ESPNFC) February 8, 2021
थोमासका अभिभावक उनको उपचारको लागि सामाजिक सञ्जालमा सहयोगको अनुरोध गर्दै थिए र क्रिस्टियानो रोनाल्डोले उनको सहयोग गरेको पुष्टि गर्दै जर्जिना रोड्रिग्जका दिदी इवानाले पोस्ट गरिन्।
उनले पोस्ट गरिन्: “तपाईँहरूको मद्दत, एकता र ठुलो मुटुको लागि जर्जिया र क्रिस्टियानोलाई धन्यवाद।
“मद्दतको लागि असीम धन्यवाद छ जसको कारण थोमासले उपचार पहुँच गर्न सक्ने छ।”
Celebration time…Join me and give a gift for life! Sign up to donate blood and plasma at https://t.co/4kjqXfhE25 pic.twitter.com/yIWgzp5PZG
— Cristiano Ronaldo (@Cristiano) December 30, 2017
थोमास हाल बार्सिलोनाको डि’हेब्रोन अस्पतालमा छन्।
आवश्यक परेकाहरूलाई रोनाल्डोले धेरै पटक सहयोग गरेका छन्। उनी नियमित रूपमा रक्तदान गर्ने व्यक्ति हुन् भने उनी फुटबलमा मात्र नभै सामाजिक कार्यमा पनि अघि छन्।