ब्राजिल विंगर विलियनले सात वर्ष पछि चेल्सी छोड्ने क्रममा छन् । ३२ बर्सका विलियनले चेल्सीको अन्तिम च्याम्पियन्स लिग खेल चोटको कारण गुमाए भने हाल क्लब र उनि बीचको सम्झौता अन्त्य भएको छ।
Willian has announced he is leaving Chelsea after 7 years at the club. How would you rate his time at Chelsea out of 100? 🤔 pic.twitter.com/yEZkiPfzQX
— NairaBET (@NairaBET) August 9, 2020
बीबीसी स्पोर्टका अनुसार उनि हाल आर्सेनल संग जान नजिक छन् । उनले आफु क्लब छोड्ने कुरा बारे सामाजिक संजाल एक पोस्ट गरेर खुलाए र आफ्नो फ्यानहरुलाई धन्यवाद भने।
उनले आफ्नो नयाँ क्लब बारे कुनै कुरा बताएनन् तर खबर अनुसार उनि आर्सनल संग मेडिकल पनि गरिसकेका छन् र आर्सनल येही हप्ता उनको बारे घोषणा गर्ने छ।
Arsenal are close to completing the signing of midfielder Willian from Chelsea on a three-year deal.
— Sky Sports News (@SkySportsNews) August 7, 2020
२०१३ मा रूसी क्लब अन्झी मखाचकलाबाट £३० मिलियनमा चेल्सी आएका ब्राजिलियन स्टारले क्लबमा ३३९ खेल खेलेका छन्। उनले ब्लुजका साथ पाँच उपाधि जितेका छन् जसमा २ प्रिमियर लिग र १ युरोप लिग पनि रहेको छ।
“यो क्लबमा मेरो लागि धेरै खुसीको समय रहेको छ भने केहि दु: खी, यहाँ मैले ट्राफीहरू पनि जिते भने धेरै कुरा सिकेको छु ,” उनले बताए।