सातदोबाटोले भित्रायो चार नया खेलाडि

काठमाडौं, आसन्न ए डिभिजन लिगका लागि सातदोबाटो युथ क्लबले चार जना खेलाडीलाई अनुबन्धित गरेको छ। राष्ट्रिय टोलिको प्रारम्भिक टोलिमा परेका श्यान्सु भुसाल लगायत अन्य तीन खेलाडीलाई क्लबले सार्वजनिक गरेको छ।

पहिलो पटक ए डिभिजन खेल्न लागेको सातदोबाटोले पासङ लामा, रन्जन पुन र करण रावतलाइ पनि अनुबन्ध गरेको हो।

स्यान्सोले पहिलो पल्ट ए डिभीजन लिग खेल्न लागेको हो। यस अघि उनी एनएसएलमा एफसी चितवनबाट खेलेका थिए। उनी कतारी क्लब अल वाक्राहको यु-२३ टिमको खेलाडि समेत हुन।

सातदोबाटो युथ क्लबले यसै साता अफ्रिकन खेलाडी पिटर सेगुनलाई भित्र्याएको थियो।

ए डिभिजन लिग असोज ३ गतेबाट काठमाडौंमा सुरु हुदैछ।