सातदोबाटोमा पाँच जना नया खेलाडि अनुबन्ध

काठमाडौं, सातदोबाटो युथ क्लबले आसन्न ए डिभिजन लिगका लागि ५ नया अनुहारलाइ टिममा अनुबन्ध गरेको छ ।

सातदोबाटोले सरस्वती युथ क्लबमा पुर्व कप्तान बसन्त तामङसंगै पुर्व च्यासल युथ क्लबका खेलाडी अभिषेक बराल, श्री कुमारी क्लबका आशिष राइलाइ अनुबन्ध गरेको छ ।

त्यस्तै, टुसाल क्लबका मिडफिल्डर सुदिप गुरुङ र एपिएफका प्रकाश पुनलाई समेत क्लबले भित्र्याएका छन ।

बि डिभिजनबाट बदुवा भएको सातदोबाटोले खेलाडी अनुबन्ध गर्ने क्रमलाइ निरन्तरता दिएको हो ।

एन्फाले ए डिभिजन लिग कार्तिक २९ गते गर्ने तयारी गरेको छ ।