बायर्न म्युनिखका स्टार विंगर साडियो माने प्रिमियर लिगमा फर्किन सक्ने रिपोर्ट रहेको छ। २०२२को जुलाईमा प्रिमियर लिग क्लब लिभरपुलबाट जर्मन लिगमा आएका मानेलाई बेच्न बायर्न इच्छुक रहेको र उनी फेरी प्रिमियर लिगमा फर्किने सक्ने जानकारी छ।
३१ वर्षीय लेफ्ट विंगर साडियो मानेलाई बेच्न बायर्न तयार रहेको र उनलाई साइन गर्न प्रिमियर लिग क्लब न्यूकासल युनाइटेडले चासो देखाएको छ।
🚨 𝗡𝗘𝗪: Bayern Munich are reportedly hopeful of convincing Sadio Mane to leave the club this summer and are looking to take advantage of interest from Newcastle United. #lfc [sport1] pic.twitter.com/KSSkMvTFgN
— Anfield Watch (@AnfieldWatch) June 5, 2023
लिभरपुलमा निकै उत्कृष्ट प्रदर्शन गर्दै गरेका साडियो माने २०२२मा बायर्न म्युनिखमा आएका थिए तर उनी आफ्नो नयाँ क्लबमा केही विवादास्पद कुरामा फसे। खेल पछि आफ्नै टिम-मेट लेरोय साने सँग उनको झगडा भए पछि क्लबमा उनको प्रतिष्ठामा केही असर परेको स्पष्ट छ र उनलाई बेच्न बायर्न तयार हुने जानकारी छ।
यो सिजन उनले बायर्न सँग लिग जिते पनि उनको फम लिभरपुलमा जस्तो हुन सकेन जहाँ उनले च्याम्पियन्स लिग जितेका थिए।
हाल सम्म मानेले बायर्नको लागि केवल ३८ खेल खेलेका छन् र सो क्रममा उनले १२ गोल र ६ असीस्त गरेका छन्।