साग पुरुष फुटबल: भुटानमाथी नेपालको शान्दार जित

दक्षिण एसियाली खेलकुद (साग) फुटबल अन्तर्गत नेपालले भुटानमाथी ४-० को उत्कृष्ट जित हात पारेको छ ।

खेलमा नेपालले ५ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको गोलबाट अग्रता लियो ।

दोस्रो हाफ सुरु भएको ५ मिनेटमै सुजल श्रेष्ठले ब्यक्तिगत र नेपालको लागि दोस्रो गोल गर्दै २-० को अग्रता दिलायो ।

६६ औं मिनेटमा अभिषेक रिजालले हेडर मार्फत गोल गर्दै ३-० बनायो ।

७७ मिनेटमा मिक्चेन तामाङले फ्री-किकबाट सिधा गोल गर्दै ४-० को उत्कृष्ट जित नेपाललाई दिलायो ।

अब नेपालले भोलि श्रीलंकाबिरुद्ध खेल्ने छ ।