साग फुटबल: बाङ्लादेशबिरुद्ध भुटानको जित

जारी १३ औं दक्षिण एसियन गेमस अन्तर्गत फुटबलमा भुटानले बाङ्लादेशबिरुद्ध १-० को जित निकालेको छ ।

खेलमा पहिलो हाफ गोलरहित बराबरी रहेको थियो ।

दोस्रो हाफमा भुटानका चेन्चोले ६४ औं मिनेटमा गोल गर्दै १-० को जित दिलायो ।

भुटानले भोलि नेपालसंग दिउँसो १ बजे खेल्ने छ ।