साग फुटबल: पहिलो हाफमा नेपाललाई अग्रता

दक्षिण एसियाली खेलकुद (साग) फुटबल अन्तर्गत नेपालले भुटानबिरुद्ध पहिलो हाफमा अग्रता लिन सफल भएको छ ।

खेलको ५ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएको हो ।

पहिलो हाफमा नेपालले राम्रो प्रदर्शनसंगै योग्य अग्रता लिएको छ ।

भुटानले हिजो बंगलादेशीबिरुद्ध १-० को जित हात पारेको थियो ।