साग फुटबल ड्र: नेपाल समुह ‘ए’ मा; पुरा जानकारी

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ ।

शुक्रबार सार्वजनिक गरिएको खेल तालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा बंगलादेश र भुटान रहेको छ ।

नेपालले बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल डिसेम्बर १ मा हुनेछ । यस्तै डिसेम्बर ५ मा नेपालले भुटानसँग खेल्नेछ ।

सागको पुरुष फुटबलमा नेपाल साविक विजेता हो । भारतमा भएको १२ औं सागमा नेपालले स्वर्ण जितेको थियो ।

अर्को समूह समूह ‘बी’ भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

पुरुष फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छ । फाइनल खेल डिसेम्बर १० मा हुनेछ ।