साग पुरुष फुटबल: श्रीलंकाबिरुद्ध बाङ्लादेशको महत्त्वपूर्ण जित, नेपालसंग अंक बराबरी

१३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबल अन्तर्गत बाङ्लादेशले श्रीलंकाबिरुद्ध महत्त्वपूर्ण जित निकालेको छ ।

आज बुधबार भएको खेलमा बाङ्लादेशले श्रीलंकामाथी १-० ले हराएको हो ।

राह्मानले ११ औं मिनेटमा गोल गर्दै बाङ्लादेशलाई जित दिलाएका हुन ।

जितसंगै बाङ्लादेशले नेपालसंग अंक बराबरी गरेको छ । ३ खेलमा ४ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । त्यसै गरि श्रीलंकाको ३ खेलमा २ अंक रहेको छ ।