साग पुरुष फुटबल: माल्दिभ्सबिरुद्ध भुटानको जित, शीर्ष स्थानमा उक्लन सफल

जारी १३औं दक्षिण एसियाली खेलकुदको पुरुश फुटबलतर्फ भुटानले दोस्रो जित हात पारेको छ ।

बिहिबार भएको खेलमा भुटानले माल्दिभ्सलाई २-१ ले हराउँदै आफ्नो पदकको सम्भवना समेत कायम राखेको छ ।

राउन्ड रोबिन लिगमा भुटान ३ खेलमा ६ अंक जोड्दै नेपाललाइ पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ ।

फाइनलमा लिगको शीर्ष स्थानमा रहेको टिम र दोस्रो स्थानमा रहेको टिम खेल्ने छ ।