सागमा भारतले पुरुष फुटबल नखेल्ने

खेल तालिका र टाइसिट निकालिसकेको अवस्थामा भारतले १३औं साग अन्तरगतको पुरुष फुटबलमा सहभागिता नजनाउने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत शुक्रबार ६ टोलीलाई समावेश गर्दै खेल तालिका र टाइसिट निकालेको थियो । भारतले सहभागिता नजाउने भएसँगै अब पुरुष फुटबलमा ५ राष्ट्रको मात्रै सहभागिता रहने भएको छ । ५ राष्ट्रको मात्रै सहभागिता रहने भएपछि खेलहरु राउन्ड रोविन लिगका आधारमा हुनेछ । अब एन्फाले पुन: खेल तालिका निकाल्ने छ । शीर्ष दुई टोलीले स्वर्णपदकको लागि प्रतिस्पर्धा गर्नेछन् ।

भारतले पुरुष फुटबलमा भाग नलिने’bout नेपाल ओलम्पिक कमिटीलाई पत्र प्राप्त भएको जानकारी गराएको छ । टिम दर्ता गर्ने क्रममा भारतले महिला फुटबल टोलीको मात्र टिम दर्ता गरेको थियो ।

एन्फाले शुक्रबार निकालेको टाइसिट ‘ड्र’ अनुसार समूह ‘ए’ मा नेपाल, बंगलादेश र भुटान तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेको थियो । १२औं सागमा नेपालले भारतलाई २–१ ले पराजित गर्दै स्वर्ण जितेको थियो ।

– Hamro khelkud