सागका लागि महिला फुटबल टोलीको प्रशिक्षण सरू

मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि नेपाली महिला राष्ट्रिय फुटबल टिमले प्रारम्भिक प्रशिक्षण सुरु गरेको छ। एन्फा कम्प्लेक्समा सुरु भएको प्रशिक्षणको पहिलो चरणमा ४२ खेलाडीलाई बोलाइएको छ।

झापाकी सम्झना लावती, काठमाडौंकी प्रीति राई र मनीषा थापा तथा रौतहटकी रोजिना श्रेष्ठ, रेविका राई, सलोनी राना मगर, सविता राना मगर र मनीषा रावत पहिलो पटक राष्ट्रिय टिमको प्रारम्भिक टिममा बोलाइएका छन्।

४२ सदस्यीय नेपाली टिममा बोलाईएका खेलाडीहरूः

निशा थोकर, सरु लिम्ब, एन्जिला तुम्बाप्पो सुब्बा, मञ्जली कुमारी योन्जन, रेखा पौडेल, हिरा कुमारी भुजेल, गिता राना, मनमाया लिम्बु, रेनुका नगरकोटी, अनिता बस्नेत, सावित्रा भण्डारी, अनिता केसी, विमला विश्वकर्मा, पुजा राना, पुनम जर्घा मगर, अन्जना राना मगर, सुनिता चौधरी, कविता धिमाल, इन्दिरा राई, सर्मिला थापा, दिपा राई, सपना लामा, बिमला चौधरी, कृष्णा खत्री, समिक्षा घिमिरे, वसन्ती नाथ घिमिरे, रश्मी कुमारी घिसिङ, मनिषा रावत, सविता राना मगर, सलोनी राना मगर, रेविका राई, रोजिना श्रेष्ठ, निरु थापा, दिपा न्यौपाने, उषा नाथ, घिम कुमारी गुरुङ्ग, अमृता जैसी, सृजना खड्का र निर्मला विश्वकर्मा, प्रीति राई, मनीषा थापा र सम्झना लावती।

साग खेलकुद मंसिर १५ देखि २५ सम्म नेपालमा आयोजना हुँदैछ । नेपालमै आयोजना हुने सागको महिला फुटबल पोखरामा हुनेछ। एन्फाले सागका लागि मुख्य प्रशिक्षकमा हरि खड्का, सहायक प्रशिक्षकमा अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षकमा अस्मिता खवासलाई जिम्मेवारी दिएको छ।