सागका लागि प्रशिक्षण शुरु

ANFA

नेपाल यु-२३ राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली खेलकुद साग को प्रशिक्षण सुरु गरेको छ। साग खेलकुद यो वर्ष मंसिर १५ देखि २५ गतेसम्म नेपालको काठमाडौं र पोखरामा आयोजना हुदैछ।

प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा भएको प्रशिक्षणमा ४५ जनालाई बोलाएका थिए। पहिलो दिन भने २५ खेलाडी खेलाडी प्रशिक्षणमा सहभागी भएको एन्फाले जानकारी दिए।

प्रशिक्षणमा ५ सिनियर टोलिका खेलाडीलाई समेत समावेश गरिएको छ। किरण चमेजोङ, बिक्रम लामा, रोहित चन्द, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठम प्रशिक्षणमा बोलाएको छ। तर येही ५ जनामा ३ खेलाडीले मात्र साग टिममा प्रबेस पाउने छ।