साकिबले तोडे मालिंगाको रेकर्ड, स्कटल्याण्डद्वारा बंगलादेशलाई मध्यम लक्ष्य

एजेन्सी, टि-२० विश्व कप अन्तर्गतको पहिलो चरणको खेलमा बंगलादेशका अलराउन्डर साकिब अल हसन टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडि बनेको छ । स्कटल्याण्डका मैकल लिस्कको विकेट लिए पछि उनले मालिंगाको रेकर्ड तोडदै १०८ विकेट लिन सफल भएको हो ।

३४ बर्षिय साकिबको यो ८९ औ टि-२० खेल हो । उनले १००० रन र १०० विकेट लिने एक मात्र अन्तर्राष्ट्रिय खेलाडि समेत हुन ।

विश्व कप ओमानको अल अमेरत क्रिकेट ग्राउन्डमा जारी छ । टस जित्दै बगलादेशका कप्तान माहमुदुलाहले बलिङ गर्ने निर्णय गरेका थिए । साकिब अल हसनले दुई विकेट लिदा महेदि हसनले तिन विकेट झारेको छ ।

त्यस्तै, स्कटल्याण्डका ग्रेभ्सले सर्वाधिक ४५ रन जोड्दा ओपनर मुन्सेले २९ रन जोडे । त्यस्तै, मार्क वाटले २२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

बगलादेशलाई जितको लागि २० ओभरमा १४१ रनको आवश्यकता रहेको छ ।