साउन महिना देखि इन्टरनेटको मूल्य २० प्रतिशतले बढ्ने

भक्तपुर। बजेट भषणसगैँ  इन्टरनेटको मूल्य बढाउने तयारी गरेका छन्। अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल सर्वसाधारण उपभोक्ताबाट उठाउने सहमति गरेका सेवा प्रदायकले अब भने मूल्य बढाउने तयारी गरेका छ ।

साउन १ देखि इन्टरनेटको मूल्य २० प्रतिशत वढाउने तयारी भएको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानका अध्यक्ष भोजराज भट्टले जानकारी दिएका छन्।

गत वर्ष सरकारसँग सहमति गरेर सर्वसाधारण उपभोक्ताबाट १३ प्रतिशत सेवा शुल्क नउठाएको थियो। अब यो आउँने साउन देखि लागु गरिने भट्टले बताए। आईतवारको कान्तिपुर दैनिकमा यो समाचार उलेेेख छ ।