साउदी अरेबियाका फुटबल क्लबहरूले आफ्ना खेलाडीहरूलाई उचित पारिश्रमिक नदिएकोमा रिपोर्ट रहेको छ, द एथलेटिकले प्रकाशित गरेको रिपोर्ट अनुसार साउदी प्रो लिगमा हाल सम्म तलब सम्बन्धित ५०वटा श्रम विवादहरू भएको छ।
Footballers have been left chasing wages from Saudi Arabian football clubs — including former Nottingham Forest captain Lewis Grabban.https://t.co/1lLlf46mLg
— The Athletic | Football (@TheAthleticFC) June 12, 2023
साउदी अरेबियाका फुटबल क्लबहरूले रोनाल्डो र बेन्जेमा जस्तो खेलाडीहरू साइन गरे पछि साउदी प्रो लिगको निकै चर्चा हुँदै गरेको छ भने कालिडो कौलिबाली, एन’गोलो कान्टे र पियरे-एमरिक औबामेयाङ जस्ता ठूला नामहरूलाई पनि साइन गर्न साउदी क्लबहरुको प्रयास रहेको छ।
स्टार खेलाडीहरू पनि साउदीमा जाने क्रममा रहेको बेला फुटबल खेलाडीहरूको अन्तर्राष्ट्रिय युनियन, फिफ्प्रोले खेलाडीहरूलाई साउदीको क्लबमा नखेल्न चेतावनी दिएको छ। फिफ्प्रोले विश्वभरका ६५,००० खेलाडीहरूको प्रतिनिधित्व गर्दै आएको छ र साउदी लिगमा तलब वारे धेरै विवाद भएको फिफ्प्रोले जनाएको छ।
Just months after Cristiano Ronaldo signed with Al Nassr, a new report found that Saudi Arabian football clubs have failed to pay players’ wages, leading to over 50 labor disputes. Learn more about this pressing issue in the Saudi Pro League here. https://t.co/0ugivj74dm
— e360hubs football (@e360hub2) June 12, 2023
खेलाडीहरूले तलब नपाउने साउदीमा “दोहोरिरहने समस्या” भएको फिफ्प्रोले जनाएको छ र द एथलेटिकले पनि सो वारे चिन्ताजनक विवरण प्रदान गरेको छ।
साउदीका क्लबहरूमा ५० भन्दा बढी श्रम विवादहरू भएको जानकारी छ जसमा भर्खरको मामला पूर्व नटिङ्घम फरेस्टका खेलाडी लुइस ग्राबानसँग सम्बन्धित रहेको छ। उनले अल अहलीमा अनुबन्ध भएका थिए तर उनको सम्झौता तीन महिना पछि नै टुटेको थियो। दुई महिनाको तलब र बोनस नपाए पछि ग्रेबनले आफ्नो सम्झौता रद्द गरेका थिए र उनले £२.२ मिलियनको क्षतिपूर्ति माग राखेका थिए।
अन्तमा अल अहलीले उनलाई तलबमा $५००,००० साथै सम्झौताको उल्लङ्घनको लागि थप $७००,००० तिर्नु पर्ने भएको थियो र थप रूपमा, क्लबलाई दुई ट्रान्सफर विन्डो सम्मको लागि नयाँ खेलाडीहरू दर्ता गर्न प्रतिबन्ध लगाइएको थियो।
तर यो एक्लो घटना भने होइन। रोनाल्डो खेल्ने क्लब अल नासरले पनि नोभेम्बरमा ब्राजिलियन मिडफिल्डर पेट्रोसलाई २.५ मिलियन डलर क्षतिपूर्ति तिरेको थियो।