साउदी अरेबियाका राजकुमारले म्यान्चेस्टर युनाइटेड किन्ने प्रयास गर्दै

साउदी अरेबियाका खेल मन्त्री मान्दछन् कि म्यानचेस्टर युनाइटेड किन्न क्राउन प्रिन्स मोहम्मद बिन सलमानले बोली लगाउन सक्छन।

खबर छ कि युनाइटेडले अरब राष्ट्रको शाही परिवारबाट दुई प्रस्तावलाई अस्विकार गरिसकेका छन्।

साउदी क्राउन प्रिन्सले यस अघि £३ बिलियनको प्रस्ताव गरिसकेका छन्, जसलाई ग्लेजरहरूले खण्डन गरेका थिए, र क्लब बेच्ने मुडमा नरहेको पनि बताएका थिए।

र अब साउदीका खेल मन्त्री राजकुमार अब्दुलाजीज बिन टर्की अल फैसलले उक्त अनुमानमा आफ्नो धारणा राखेका छन्

“भविष्यमा कुनै पनि कुरा सम्भव छ,” उनले बीबीसीलाई भने

“अब हामी स्थानीय विकासमा केन्द्रित छौं र हामीले राज्यभित्रका फुटबल क्लबहरूमा धेरै पैसा लगानी गरेका छौं।”