साउदी प्रो लिगको उपाधि अल इत्तिहादले जितेको छ ।
गएराती सम्पन्न खेलमा इत्तिहादले अल फेइहालाई ३-० गोल अन्तरले पराजित गर्दै यस सिजनको लिगको उपाधि एक खेल अघि नै जितेको हो ।
अल इत्तिहादको २९ खेलमा ६९ अंक रहेको छ र दोस्रो स्थानमा रहेको स्टार रोनाल्डोको क्लब अल नासर भन्दा ५ अंकले अगाडी रहेको छ ।
गएराती नै सम्पन्न खेलमा अल नासर अल यत्तिफाकसँग १-१ गोलको बराबरीमा रोकिएपछि इत्तिहादको जित सुनिश्चित भएको थियो ।
इत्तिहादले २००८/०९ पछि पहिलो पटक साउदी प्रो लिगको उपाधि जितेको छ ।
साउदी प्रो लिग सबै भन्दा बढी जित्ने क्लब भने अल हिलाल हो । हिलालले १८ पटक यो उपाधि जितेको छ भने अल नासर र अल इत्तिहादले ९-९ पटक यो उपाधि जितेका छन् ।