एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन विजयी भएको छ ।
आइतबार राति भएको खेलमा ब्राइटनले साउथ ह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
साउथह्याम्पटनको मैदानमा लुईस डंकले १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
चि एडम्सले २७ औं मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई बराबरीमा ल्याएका थिए ।
५६ औं मिनेटमा लियोनार्दो टोसादले गोल गरेपछि ब्राइटन २–१ गोल अन्तरले विजयी भयो ।
जीतसँगै ब्राइटन २९ अंकका साथ तालिकाको १६ औं स्थानमा रहेको छ भने पराजित भएको साउथ ह्याम्पटन भने ३३ अंकका साथ १४ औं स्थानमा छ ।