साउथह्याप्टनको आकर्षक प्रस्ताव इङ्सद्वारा अस्विकार

एजेन्सी, साउथह्याप्टनका स्टार स्ट्राइकर ड्यानी इङ्सले क्लबले राखेको आकर्षक प्रस्ताव अस्वीकार गरेको छ। उनलाइ चार बर्षका लागि क्लबले राखेको प्रस्ताव अस्विकार गरेको हो।

सम्झौता सकिन एक बर्ष बाकी रहदा क्लबले बर्षको सुरुवात देखि उनलाइ सम्झौतामा हस्ताक्षर गर्न चाहेको हो। साउथह्याप्टनले क्लब इतिहासको सर्वाधिक पारीश्रमिकको प्रस्ताव समेत राखेको थियो।

टोटेन्हमले उनलाइ अघिल्लो सिजन भित्र्याउन चाहेका थिए। यद्यपि, ह्यारी केनले क्लब छाडेमा इङ्सलाई प्रस्ताव राख्ने छन।

त्येस्तै, साउथह्याप्टनले आफ्ना स्ट्राइकरलाई आकर्षक प्रस्ताव नाआए सम्झौताको अवधी सम्म राख्ने तयारीमा लाग्ने छ।

लिभरपुलका पुर्व फरवार्डले गत सिजन १२ गोल गरेका थिए। यस्तै अघिल्लो सिजन उनले २२ गोल गरे।

इङ्सले २०१९ मा साउथह्याप्टनका स्थाइ खेलाडी बनेका थिए। २०१८-२०१९ सिजनमा उनले लोनमा सिजन बिताएका थिए।