साउथहेम्टनको फराकिलो जित

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा साउथहेम्टनले ब्रेन्टफोर्डमाथि ४-१ को सहज जित निकालेको छ। मंगलबार राति भएको खेलमा साउथहेम्टनले ४-१ को जित निकालेको हो।

घरेलु मैदानमा साउथहेम्टनले बेडनार्कको गोलमार्फत पाँचौ मिनेटमानै अग्रता बनाएको थियो। तर ब्रेन्टफोर्डले जनेल्टकव गोलमार्फत २३ औ मिनेटमा बराबरि फर्कायो।

तर पहिलो हाफमानै अग्रता बनाउने क्रममा फर्नान्डेजले ३७ औ मिनेटमा साउथहेम्टनलाई २-१ को अवस्थामा पुरायो । थप दुई गोल दोस्रो हाफमा भयो। ब्रोजाले ४९ तथा आदम्सले ७० औ मिनेटमा गोल गर्दा साउथहेम्टनले सहज जित निकाल्यो।

जितसँगै साउथहेम्टन २० खेलबाट २४ अंक बनाएर ११ औ स्थामा उक्लिएको छ। पराजित ब्रेन्टफोर्ड २३ अंकका साथ १३ औ स्थानमा छ। कोभिडका कारण एभरटन र लेस्टरको खेलभने स्थगित भयो।