साउथगेटको मुख्य प्रशिक्षकमा निरन्तरता

एजेन्सी । इंग्ल्याण्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारीलाई निरन्तरता दिने भएको छ । फुटबल संघले आइतबार एक विज्ञप्ति निकाल्दै साउथगेट मुख्य प्रशिक्षक रहने जनाएको छ ।

कतार विश्व कपमा क्वाटरफाइनलबाट इंग्ल्याण्ड बाहिरिए पछि उनको भविष्य अनिश्चित बनेको थियो ।

५२ वर्षे साउथगेट २०१६ मा मुख्य प्रशिक्षक नियुक्त भएको थियो ।

उनको नेतृत्वमा इंग्ल्याण्डले विश्व कप सेमिफाइनल र युरो कप २०२१ फाइनल सम्मको यात्रा तय गरेको थियो ।

उनको सम्झौता २०२४ डिसेम्बर सम्म रहेको छ ।