पेरिस सेन्ट जर्मेन र इस्तानबुल बासाकसेइर बीचको च्याम्पियन्स लिग खेललाई १५ मिनेटमै दुवै टिमका खेलाडीहरुले परित्याग गरे ।
PSG v Basaksehir assistant referee allegedly said the “n-word” to a staff of Basaksehir pic.twitter.com/TIDp5vlyk1
— noobfcb (@noob_fcb) December 8, 2020
समूह चरणको अन्तिम खेलमा १५ औं मिनेटमा सहायक रेफ्रीले इस्तानबुलको बेन्चतर्फ इंगित गर्दै मुख्य रेफ्रीलाई कार्ड दिनका लागि संकेत गरेका थिए । त्यसो गर्ने क्रममा उनले “कालो उक्त खेलाडीलाईलाई कार्ड दिनु” भनेको आरोप इस्तानबुलका खेलाडीले लगाए । रेफ्रीहरुले उक्त आरोपको खण्डन गरिरहँदा दुवै टोलीका खेलाडीले त्यसको विरोध गरे ।
PSG vs. Istanbul Basaksehir has been suspended as both teams walked off the field to protest alleged racial abuse by the fourth official toward Istanbul assistant manager Pierre Webo.
(via @UCLonCBSSports) pic.twitter.com/tVd4lqGnMI
— Bleacher Report (@BleacherReport) December 8, 2020
रेफ्रीहरुले अडान जारि नै राखेपछि दुवै टोलीले मैदान छाडेका थिए । झन्डै १० मिनेट छलफलपछि पनि खेलाडी र रेफ्री पक्षबीच समझदारी हुन नसक्दा खेलाडीहरुले मैदान छाडेका थिए ।
खेलको १५ मिनेट समय चल्दा खेल रोकिएको थियो । अब उक्त खेल बुधवार राती ११:४० बजे हुने छ।