सहज जितसंगै रियल म्याड्रिड अर्को चरणमा

रियल म्याड्रिड कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियलले दोस्रो श्रेणीको एल्कोयानोलाई ३–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

एल्कोयानोको मैदानमा बुधबार राति भएको खेलमा रियलको जितमा इडर मिलिसाओ र मार्काे एसेन्सियोले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोलीका ड्यानी भेगाले एक गोल फर्काए ।

एल्कोइमा रियलले खेलको ३९औं मिनेटमा इडर मिलिसाओको गोलबाट पहिलो हाफमा १–० को अग्रत लिन सफल भएको थियो । उनले रोड्रिगोको कर्नरमा गोलरक्षक अघि बढेको अवस्थामा खाली पोस्टमा जाली चुमाएका थिए । ६६औं मिनेटमा ड्यानी भेगाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७६औं मिनेटमा मार्काे एसेन्सियोले गोल गर्दै रियललाई पुनः २–१ को अग्रता दिलाए । उनले हाजार्डको पासलाई सदुपयोग गरेका थिए । त्यसको दुई मिनेटपछि नै गोलरक्षक जोस जुआन फिगुइरसले आत्मघाती गोल गरेपछि रियलको जित सुनिश्चित बन्यो । इस्कोको प्रहारलाई बचाउने क्रसमा उनलाई लाग्दै बलले पोस्टको दिशा लिएको थियो ।

यो सँगै रियलले गत वर्ष यही राउन्डमा भोगेको हारको बदलासमेत लिन सफल भएको छ । रियल गत वर्ष २–१ ले स्तब्ध हुँदै बाहिरिएको थियो ।