चेल्सीका लेजेन्द डिडियर ड्रोग्बाले पूर्व टिम मेटमोहम्मद सलाहको प्रशंसा गरेका छन् भने सलाह आफ्नो सबै कीर्तिमान तोड्ने सोचले उनलाई “रुन मन लागेको” भनेर दाबी गरेका छन्।
Drogba on Salah: “If he continues he’s going to destroy all my records! I want to cry,”
“What I’ve seen during training, and all his teammates will tell you, the quality was there. He just needed time on the pitch to show his talent and his quality.” https://t.co/4LPpEYgBMT
— Chelsea (@ouggi) November 21, 2021
ड्रोग्बा र लिभरपुलका स्टार सलाहको २०१४ मा चेल्सीमा टिममेट थिए। इजिप्टका स्टार सलाह हाल निकै उत्कृष्ट फममा रहेका छन् र उनी प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने अफ्रिकी खेलाडी बनेका छन् , यद्यपि इभोरियन लेजेन्द ड्रोग्बा च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने अफ्रिकी खेलाडी हुन्। ड्रोग्बाले ३६ गोल गरेका छन्, सलाहसँग ३१ गोल रहेको छ र उक्त रेकर्ड तोड्न पनि सलाहसँग प्रशस्त समय रहेको छ।
“यदि उनले आफ्नो यस्तो फम जारी राख्यो भने उनले मेरा सबै रेकर्डहरू नष्ट गर्ने छन्! म रुन चाहन्छु,” मेहवर टिभीसँगको कुराकानीमा ड्रोग्बाले मेटमोहम्मद सलाहको प्रशंसा गर्दै भने।
“मैले प्रशिक्षणको क्रममा जे देखेको छु, र उनको सबै टिम मेटले भन्ने कुराले, गुणस्तर उनी सँग थियो भनेर प्रमाणित गर्छ। उनलाई आफ्नो प्रतिभा र गुणस्तर देखाउन पिचमा समय मात्र चाहेको थियो।
Drogba speaking to former teammate Ahmed Hossam @midoahm🗣️
– Salah breaking @didierdrogba‘s records
– What he saw during Salah’s time at Chelsea @MoSalah | #LFC https://t.co/tNkrOG7P7t— KingFut.com (@King_Fut) November 21, 2021
“जब तपाईँ हामीसँग त्यो बेला चेल्सीमा भएको टोलीलाई हेर्नुहुन्छ, खेल्न समय पाउन सजिलो थिएन, तर वास्तवमा मलाई ‘मो’को बारे धेरै मन पर्ने कुरा भनेकोउहाँ साँच्चै राम्रो हुनुहुन्छ, उहाँ साँच्चिकै विनम्र हुनुहुन्छ, नखेल्दा पनि।
“उहाँ चेल्सीमा योगदान गर्न नपाउँदा दुखी थिए, तर उनी सधैँ राम्रो थिए। जब तपाईँसँग यस्तो प्रकारको मानसिकता हुन्छ तपाईँले जहाँ गए पनि उत्कृष्ट हुन सक्नु हुने छ।
“मलाई याद छ हामीले केही पटक कुरा गरेका थियौँ जब उनी रोमामा थिए र उनले गोल गर्दै थियो र त्यसपछि उनले केही खेलमा गोल गर्न नसकेको क्षण थियो र उनले मलाई यस्तो अवस्थाको सामना कसरी गर्ने भनेर सोधे।
“मैले उहाँसँग धेरै उदाहरण र अनुभवको बातचित गरेँ र यो म र सबै स्ट्राइकरहरूलाई हुने कुरा हो भनेर मैले उनलाई बताए।”