सलाहलाई उत्कृष्ट खेलाडीको उपाधि

लिभरपुलका स्ट्राइकर मोहमद सलाहले पीएफए अवार्ड जितेका छन् । इंग्ल्याण्डको प्रोफेसनल फुटबलर्स एसोसियसनले सोमबार २०१७–१८ को उत्कृष्ट खेलाडीका रुपमा सलाहको नाम घोषणा गरेको हो ।

यो अवार्डका लागि सलाहले म्यान्चेष्टर सिटीका केभिन डि ब्रुयन, लेरोई साना, डेविड सिल्भा, टोटनह्यामका ह्यारी केनलगायतका खेलाडीलाई पछि पारेका थिए ।
सलाहले यो सिजन प्रिमियर लिगमा ३३ खेल खेल्दा ३१ गोल गरेका छन् भने ९ वटा गोलका लागि अवसर सिर्जना गरिदिएका छन् ।

म्यान्चेष्टर सिटीका लेरोई सानाले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । यस्तै, चेल्सीकी फ्रान किर्बीले उत्कृष्ट महिला खेलाडीको अवार्ड पाइन् । उत्कृष्ट महिला युवा खेलाडी भने ब्रिस्टोल सिटीकी लउरेन हेम्प घोषित भइन् ।