“सलहा लिभरपूलमा खुशी छैनन्”

लिभरपूलका स्टार मोहम्मद सलहा क्लबमा खुसी नरहेको र क्लबले उनलाई आर्थिक कारणले बेच्ने विचार गरिरहेको छ, उनको पूर्व टीम मेट मोहम्मद अट्रिकाकाको दाबी रहेको छ।

सलहाले एक अन्तर्वार्तामा आफ्नु भविष्यमा लालिगामा खेल्न सक्ने ’bout बोलेका थिए र हाल उनको पुर्व टिम-मेटले उनि क्लबमा खुसी नरहेको दाबी गरेका छन्।

४२ बर्षेका मोहम्मद अट्रिकाकाले बताए कि सलहा लिभरपूलमा खुशी छैनन् र मर्सीसाइड क्लबले उनलाई आर्थिक कारणले बेच्न पनि उनको दाबी रहेको छ।

“मलाई थाहा छ कि लिभरपुलमा सलहा खुसी छैनन्, उनले मलाई सो को कारणहरु भने तर ती रहस्यहरू हुन् र म यस’bout सार्वजनिक रूपमा कुरा गर्न सक्दिनँ,” उनले गोल डट कमलाई भने।

“सलहा रीस उठाउने एउटा कारण उनी मिडजिलल्याण्डको बिरूद्ध कप्तान थिएनन्।”

उनले थपे: “मेरो विचारमा लिभरपूलले आर्थिक उद्देश्यका लागि सलहालाई बेच्ने विचार गरिरहेको छ।

“मलाई सलहाको निर्णयहरूमा कुनै प्रभाव पर्दैन, उहाँ मेरो साथी र भाई हुनुहुन्छ, र उनीको लागि के उत्तम छ भन्ने कुरा जान्न उहाँ एकदम चलाख हुनुहुन्छ।”