पुर्व रेड्स स्ट्राइकर माइकल ओवेनको विश्वास छ कि गत खेलहरुमा मोहम्मद सलहा ‘धेरै स्वार्थी’ भएका छन्। ओवेनले सलहाको आलोचना गरे भने लिभरपूलको निराशाजनक फममा उनको पनि भूमिका रहेको बताए।
Mohamed Salah’s ‘selfishness is creeping in’ and is becoming a problem for Liverpool, says Michael Owen https://t.co/WLrEqldmB8
— MailOnline Sport (@MailSport) January 19, 2021
म्यान्चेस्टर युनाइटेड बिरुद्ध लिभरपूलको बराबरी पछि माइकल ओवेन जसले दुवै टिमबाट खेलेका छन्, खुसी थिएनन्। उनले लिभरपूलका स्टार मो सलहाको आलोचना गरे। माइकल ओवेनको विश्वास छ गोल पोस्टको अगाडी मोहम्मद सलहा ‘धेरै स्वार्थी’ रहेका छन् र पास नगर्ने उनको बानीले लिभरपूललाई गार्हो बनाएको छ।
Michael Owen spots “extreme” Mohamed Salah problem amid Liverpool’s struggles in front of goal https://t.co/P3a4G584tj pic.twitter.com/r6Oy2fXmJv
— Mirror Football (@MirrorFootball) January 18, 2021
‘त्यहाँ स्वार्थी भाव बढिरहेको छ, मैले यो पहिले पनि देखेको छु,’ ओवेनले प्रिमियर लिग प्रोडक्शन्सलाई भने।
‘मो सलहाले पर्याप्त बल पास गरेनन र गरिरहेका छैनन्। उनले धेरै पास गर्दैनन्, तर त्यहाँ चरम सीमाहरू हुने गर्छ ।
हाल लिभरपूलको नराम्रो फम जारी रहेको छ लिभरपूल गत अन्तिम ४ लिग खेलमा जित विहिन छन्।