‘सलहाले पेनाल्टी हान्ने भएको कारण माने डि-बक्समा लडेनन्’

हाल लिभरपुलको खराब फम जारी रहेको छ। चेल्सी विरुद्ध १-०को हार पछि लिभरपुलले लगातार ५ होम हारको सामना गरेको छ।

उक्त खेलमा हाल मानेको निर्णय ’bout चर्चा हुँदै गरेको छ। खेलमा मानेले बललाई डि-बक्स भित्र लागे र सो क्रममा चेल्सीका एन्टोनियो रुडिगरले उनी माथि ट्याकल गरे तर मानेले खेल जारी राखे र उनी लडेनन्।

मानेको सो निर्णय प्रति धेरै प्रश्नहरू खडा भएको थियो भने पेनाल्टी पाए सो पेनाल्टी सलहाले लिने भएको कारण उनले खेल जारी राखेको पूर्व लिभरपुल स्ट्राइकर माइकल ओवेनको विश्वास रहेको छ।

“पहिलो हाफमा एक अवसर थियो जहाँ विश्वका प्रत्येक लिभरपुल फ्यानले सायद‘ पेनाल्टी हुने छ भनेर’सोचेका थिए – मलाई अचम्म लग्यो उनी पेनाल्टीको लागि लडेनन् ” ओवेनले ओप्टस स्पोर्टमा भने।

“म उनले गरिरहेको कुराको वकालत गरिरहेको छैन, (तर) सामान्यतया तपाईँ आक्रमणकारी खेलाडीहरू देख्नुहुन्छ डिबक्समा पेनाल्टीको लागि सजिलो संग लड्ने गर्छन् … सायद उनी सोचिरहेका थिए कि आफू सो ठाउँबाट गोल न गरे सलहाले अर्को पेनाल्टी पाउनेछ।

“हामी सबैलाई थाहा छ आक्रमणकारी खेलाडीहरू बिच धेरै प्रतिस्पर्धी हुन्छ । हामी सबैलाई थाहा छ स्ट्राइकरहरु कसरी स्वार्थी हुने गर्छन्। यी खेलाडीहरू गोल्डन बुटको लागि प्रतिस्पर्धी गर्दै छन्।