“सलहालाई ला लिगामा खेलेको देख्न चाहन्छु”

लिभरपुलका स्टार फोवार्ड सलहालाई ला लिगामा खेलेको देख्न चाहेको ला लिगाका अध्यक्ष जेभियर तेबासले बताएका छन्।’

लिभरपूलका स्टारले पनि ला लिगामा खेल्ने आफू इच्छुक रहेको भनेका थिए र उनको नयाँ गन्तव्य बार्सा वा रियल हुन सक्ने धेरै चर्चा थियो र सो ’bout ला लिगाका अध्यक्ष जेभियरले बोलेका छन्।

मोहम्मद सलहालाई ला लिगामा खेलेको देख्न चाहे पनि आउँदो गर्मीमा उनी स्पेनमा सर्ने सम्भावना धेरै नरहेको ला लिगाका अध्यक्ष जेभियर तेबासको विश्वास रहेको छ। हालको महामारीको कारण क्लबहरूको अर्थव्यवस्थामा असर परेको कारण सो ट्रान्सफर हुन गरेको रहेको उनले बताए।

तेबासले ओएन टाइम स्पोर्ट्सलाई भने, “हामी प्रिमियर लिगको समान स्तरमा छौँ, फरक भनेको दर्शकहरू हो, उनीहरूको युरोपमा ठुलो दर्शक छ तर मध्य र सुदूर पूर्वमा हाम्रो ठुलो दर्शक छ।

“ला लिगामा मोहम्मद सलहाको आगमन?

“हालको आर्थिक अवस्थाको साथ लिभरपुलले मोहम्मद सलहालाई बेच्ने सम्भावना धेरै छैन र क्लबहरूलाई यस गर्मीमा ठुलो नामहरू हस्ताक्षर गर्न गाह्रो हुने छ।

“सलहालाई ला लिगामा खेलेको देख्न चाहन्छु, म पक्का आशा गर्दछु कि उनी ला लिगामा खेल्ने छन् तर म यो गर्मीमा ठुलो रकमको स्थानान्तरण हुने आशा गर्दिन।”