सलहालाई बेच्न पूर्व गोलकिपरको लिभरपुललाई आग्रह

पूर्व लिभरपुल गोलकिपर डेभिड जेम्स दाबी गर्छन् कि लिभरपुल आफ्नो शीर्ष स्कोररविना नै राम्रो खेल्ने गरेको छ र उनले लिभरपुललाई मोहम्मद सलहालाई बेच्न आग्रह गरे। यो सिजन मोहम्मद सलहा लिगको शीर्ष स्कोररको सुचीमा दोस्रो स्थानमा रहे उनी मात्र २ गोलले ह्यारी केनको पछाडि परे।

यसको बाबजुद डेभिड जेम्स क्लोपलाई यस गर्मीमा सलहालाई बेच्न आग्रह गर्दै छन्, उनलाई बेचेर सो रकम टिमको अन्य भागमा लगानी गर्न पर्ने डेभिड जेम्सले बताए भने लिभरपुल आफ्नो शीर्ष स्कोररविना नै राम्रो भएको उनले दाबी गरे।

“आउँदो विन्डोमा लाखौँ खर्च गर्ने विचार धेरै नै असम्भव छ, मलाई लाग्छ लिभरपुलले खेलाडीहरूलाई बेच्नु पर्ने छ,” जेम्सले स्टेडियम एस्ट्रोलाई भने।

“सलहा गोल्डन बुटको दौडमा दोस्रो भए तर मलाई लाग्छ लिभरपुल सलहाबिना राम्रो खेल्छ।

“र लिभरपुललाई सलहाबाट पैसा कमाउने अवसर छ, जोटा स्वाभाविक रूपमा त्यो फ्रन्ट थ्रीमा फिट हुने छन्, फर्मिनोले यथोचित स्वतन्त्रता पाउँछन्, र लिभरपुलको सँग एउटा नयाँ गतिशील अट्याक हुने छ र लिभरपुललाई गोलको लागि सलहमा निर्भरता हुन पर्ने छैन।”