पुर्व लिभरपूल डिफेन्डर देजन लोभ्रेनले स्वीकारेका छन् कि उनले आफ्नो टिममेट सलहाको तर्फबाट सर्जेयो रामोस बिरुद्ध बदला लिएका थिए भनेर।
Dejan Lovren says he deliberately hurt Sergio Ramos as payback for what he did to Mohamed Salah 😳 pic.twitter.com/7wYIRZzGYs
— Goal (@goal) August 20, 2020
क्रोसियाली खेलाडीको लिभरपूलका नम्बर ११ संग घनिष्ट मित्रता छ र २०१८को च्याम्पियन्स लिग फाइनलमा रामोससँग विवादास्पद टक्कर पछि सलहाको काँधमा चोट आएको थियो जस्को कारण उनले खेल पुरा खेल्न पाएनन् र विश्वकप पनि गुमाउने सक्ने अवस्थामा पुगेका थिए ।
हाल डिफेन्डर देजन लोभ्रेनले स्वीकारे गरेका छन् कि उनले रामोस बिरुद्ध बदला लिएका थिए भनेर। २०१८को यूईएफए नेशन्स लिगमा क्रोएशिया र स्पेन बीच खेल भएको थियो उक्त खेलमा कोर्नेर किकको समयमा रामोसको टाउकोमा लोभ्रेनको कुहिनोले लागेको थियो।
Dejan Lovren admits deliberately hurting Sergio Ramos as revenge for Mohamed Salah https://t.co/I3aFQQWt4r
— Mirror Football (@MirrorFootball) August 21, 2020
दुई बर्ष पछि उनले रामोसलाई जानाजानी हानेको भनेर स्वीकार गरेका छन्।
“उसले सलहालाई चोट पुर्याएपछि मैले जानाजानी रामोसलाई हिर्काएँ? हो, यो सम्भव छ,” जेनिट सेन्टर-ब्याकले इजिप्ट टुडेसँगको एक अन्तर्वार्तामा खुलाए।
Lovren: “Luka Modric tried to reduce the tension between me and Ramos, and we were facing Spain together with the Croatian national team, and I deliberately hit him with my elbows and told him that we have drawn now.”
— Anfield Watch (@AnfieldWatch) August 20, 2020
“म ठूलो कथा बनाउन चाहन्न, तर मलाई लाग्छ कि रामोसले जे गरेका थिए त्यसले मेरो साथीलाई चोट पुर्याउनको लागि योजना बनाएका थिए, त्यसैले उसले गरेको कामको लागि भुक्तानी गर्ने समय थियो त्यो।