सलमान खानको भन्दा कोहलीको बढी कमाइ

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको आम्दानी लगातार बढिरहेको छ।

उनले भारतका चर्चित क्रिकेटरहरू सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी र रोहित शर्मालाई यसअघि नै पछि पारेका थिए। अहिले बलिउड स्टाहरू सलमान खान, शहरुख खान र अक्षय कुमारलाई समेत पछि परेका छन्।

फोर्ब्स म्यागेजिनले भारतका सय जना हस्ती सेलिब्रेटीको आम्दानीको सूची प्रकासित गरेको छ। जसमा विराट पहिलो स्थानमा छन्। गत वर्ष विराट तेस्रो स्थानमा थिए भने शीर्ष स्थानमा सलमान खान थिए।

म्यागेजिनका अनुसार सूची विज्ञापनबाट हुने कमाइ र लोकप्रियता आधारमा तयार गरिएको हो।

३१ वर्षीय विराटको कमाइ २५२ करोड ७२ लाख भारु रहेको छ।

कोहलीको कमाइ म्याच फि, बिसिसिआईसँगको सम्झौता, ब्रान्ड एम्बासडर, विज्ञापन, आइपिएलबाट हुने आम्दानी लगायतका रहेका गरेको छ। यस्तै कोहलीले इन्स्टाग्रामको प्रत्येक प्रायोजित पोस्टका लागि कम्तिमा एक करोड भारु लिने गरेका छन्।

दोस्रो नम्बरमा अक्षय कुमार छन्। उनको कमाई २९३.२५ करोड रुपैयाँ छ। विराट भन्दा बढी कमाए पनि अक्षय लोकप्रियतामा पछि रहेकाले उनलाई दोस्रो स्थानमा राखिएको म्यागेजिनले जनाएको छ।

तेस्रो स्थानमा झरेका सलमानको कमाइ २२९.२५ करोड रहेको छ। अमिताभ बच्चन र भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनी चौथो र पाँचौ नम्बरमा छन्। अमिताभको २३९.२५ करोड र धोनीको १३५.९३ करोड भारु कमाइ छ।

१२४.३८ करोड भारु कमाइका साथ शाहरुख खान छैटौं र ११८.२ करोड भारुका साथ रणवीर सिंह सातौं स्थानमा छन्।

शीर्ष १० पर्ने महिला बनेका आलिया भट्ट ५९.२१ भारुका साथ आठौ र दीपिका पादुकोण ४८ करोडका साथ दशौ स्थानमा छन्।

नवौं स्थानमा पूर्व क्रिकेटर सचिन तेन्दुलकर ७६.९६ भारु कमाइका साथ छन्।

कमाइ गर्ने सूचीमा क्रिकेटरहरू रोहित शर्मा ५४.२९ करोडका साथ एघारौं, रिशभ पन्त २९.१९ करोडका साथ ३०औं स्थानमा, हार्दिक पाण्ड्या २४.८७ करोडका साथ ३१ औं स्थान र जसप्रीत बुमराह २३.२५ करोडका साथ ३३औं स्थानमा छन्।

@Setopati