सर्वाधिक ‘म्यान अफ द म्याच’ अवार्ड जित्ने खेलाडीमा मेस्सी रोनाल्डो भन्दा अगाडि; शीर्ष ५ मा को को?

मेस्सी ‘म्यान अफ द म्याच’मा रोनाल्डोभन्दा १०० संख्याले अगाडि रहेको एक तथ्यांकले बताएको छ । ‘स्पोर्ट्स बाइबल’को तथ्यांकअनुसार सन् २००९ देखि हालसम्म मेस्सीले २ सय २५ पटक म्यान अफ द म्याचको अवार्ड जितेका छन् ।

यता, उनको प्रतिस्पर्धीसमेत रहेका रोनाल्डो भने १ सय २५ पटक मात्र म्यान अफ द म्याच बनेका छन् । उनले मेस्सीभन्दा १०० वटा म्यान अफ द म्याचको अवार्ड कम जितेका छन् । यसैगरी, सर्वाधिक म्यान अफ द म्याच बनेका खेलाडीमध्ये हालैमात्र चेल्सीबाट रियल मड्रिड आएका इडेन हाजार्ड तेस्रो स्थानमा आउँछन् । हाजार्डले ९३ वटा म्यान अफ द म्याचको अवार्ड जितेका छन् ।

चौथो स्थानमा जाट्लान इब्राहिमोभिक छन् भने पाँचौं स्थानमा ब्राजिलियन स्टार नेयमार छन् । इब्राहिमोभिकले ८९ पटक म्यान अफ द म्याचको अवार्ड हात पार्दा नेयमार ६५ पटक म्यान अफ द म्याच चुनिएका छन् ।

१. लियोनल मेस्सी – २२५
२. क्रिस्टियानो रोनाल्डो – ११५
३. इडेन हाजार्ड – ९३
४. जालाटान इब्राहिमोभिक – ८९
५. नेयमार – ६५