सर्वाधिक गोल कर्ता बन्न सफल रोनाल्डो

एजेन्सी, क्रीस्टियानो रोनाल्डोले नापोलीविरुद्ध गोल गर्दै इतिहास रचेका छन। उक्त गोलसंगै उनि विश्व फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडि बनेका छन।

यी ३५ बर्षिय सुपरस्टारले इन्टरविरुद्ध रिकर्ड तोड्ने आकलन गरेका थिए। तर उक्त खेलमा गोल गर्न असफल भएका थिए।

यधपी, उन्ले इटालियन सुपर कपमा भने रिकर्ड तोडै आफ्नो बिशेष करिअर अझै उचाइमा पुराए।

रोनाल्डोको गोलसंगै अस्ट्रियन-चेक फरवार्ड जोसेफ बिस्कनले सन १९३१-१९५५ को अवधीमा गरेको ७५९ गोल उन्ले तोडे।

रोनाल्डोको फुटबल करिअरमा ७६० गोल गरेका छन। उन्ले आउदो दिनहरुमा अझै रेकर्ड राख्ने छन।

उन्का चिर-प्रतिद्वन्द्वी लिओनेल मेस्सीले मात्र उन्को रेकर्ड तोड्न सक्ने देखिन्छ। मेस्सीको क्लब र देशको लागि गरेर कुल गोल संख्या ७१५ रहेको छ। उन्ले रोनाल्डो भन्दा १५० खेल कम खेलेको छ भने उनी रोनाल्डो भन्दा २ बर्षले कान्छो भएको कारण उन्ले रोनाल्डोले बनाएको रेकर्ड तोड्न सक्ने जानकारहरु बताउ छ्न।

हाल उक्त रेकर्ड रोनाल्डोको नाममा रहेको छ। सुपरस्टार फरवार्ड जो फेब्रुअरीमा ३६ को हुनेछ उन्को खेल करिअर स्पोर्टिङ लिस्बोनबाट सुरु हुँदै म्यान्चेस्टर युनाईटेड, रियल म्याड्रिड, युभेन्टसबाट खेल्दै छ्न।

जान्वरी ३ मा उन्ले ३ पल्टको विश्व कप च्याम्पियन पेलेको रेकर्ड तोडेको थियो। त्येस पछि बिस्कनको गोल बराबरि पछि उन्को रेकर्ड पनि तोड्न भ्याए।

उन्को गोलहरु प्राय जसो ओपन प्ले(७५%) बाट गरेका छन। त्येस्तै पेनाल्टीबाट १८% गोल गरे भने फ्रि किकबाट ५७ गोल गरेका छ्न।