सर्भाइभर सीरिज पछि रिटायर हुने अन्डरटेकरको घोषणा

डब्ल्युडब्ल्युईमा ३० बर्सको क्यारियर पछि अन्डरटेकरले आफु रिटायर हुने भनेर आधिकारिक रूपमा पुष्टि गरेका छन्। आइतबार रातमा सर्भाइभर सीरिजमा उनको उपस्थितिमा सो आफ्नो अन्तिम उपस्थिति हुने भनेर घोषणा गरे।

सर्भाइभर सीरिजमा मार्क विलियम कालावे अथवा द अन्डरटेकरले दर्शक सामु बोले उनले आफु डब्ल्युडब्ल्युईबाट किन टाढा जाने छनौट गरे भनेर वर्णन गरे।

“३० बर्ष भन्दा लामो समयदेखि मैले यस रिङ्गमा काम गरें र धेरै मान्छेहरुलाई धेरै पटक पछि पारे” उनले भने

“अब, मेरो समय आइपुगेको छ। मेरो समय अण्डरटेकरलाई आराममा … शान्ति … राख्ने समय आएको छ।”

मार्क विलियम कालावे डब्ल्युडब्ल्युईको सबैभन्दा ठूलो आइकनको रूपमा हुने छ र रिङ्गमा उनको तीन दशक र्रेशलिंगले फ्यानहरूलाई जीवनभरका सम्झनाहरू प्रदान गर्ने छ।